भारतले आफ्नै वायुसेनाको जहाजमा लग्यो २७ मृतकको शव

काठमाडौँ । हिजो तनहुँमा बस दुर्घटनामा हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ । आज दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको यादवले बताए । दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान नेपाल आएकी थिइन् ।

Advertisement

काठमाण्डौ ओर्लिएलगत्तै उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन् । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुगेका थिए। घाइतेको अवस्था जानकारी लिएसँगै उनले गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी थिइन्।

गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उनले सन्तोष व्यक्त गरिन्। उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको बताए । हिजो भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

More News last news
Loading...