विष्णु माझीको तीज गीत बजारमा (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय लोक गायिका विष्णु माझीको नयाँ तीज गीत बजारमा आएको छ । घरेलु हिंसामा आधारित कथावस्तुमा बुनिएको यो गीत चर्चित कोरियोग्राफ़र (नृत्य निर्देशक) मौसम हिमालीको गुनिलो नाँचको बान्की यो म्यूजिक भिडियोमा छताछुल्ल छ।

गायिका माझीको कुकिलकण्ठ स्वरमा प्रस्तुत गीतको शब्द र संगीत माझीका श्रीमान अर्थात सुन्दरमणी अधिकारीले गरेका छन् ।

Advertisement

शनिबार बिहान गीत सार्बजनिक भएसँगै सामाजिक सञ्जाल फेसबुक र युट्युबमा साँचिकै तीज गीत आएको भन्दै हर्ष र खूशी साटिरहेका छन् भने केहिले बन्धनमा राखेर गायिका माझीकै कथावस्तुमा गीत ल्याएको भन्दै श्रीमान अधिकारीलाई गाली गरिरहेका छन् ।

More News last news
Loading...