काठमाडौँ । हिजो अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ। आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ भएको थियो।
त्यस्तै आज चाँदी पनि घटेको छ। आज चाँदी पाँच रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
