गायिका मिना अधिकारीको मौलिक तीज गीत ‘आमा बिनाको तीज’ बजारमा [भिडियोसहित]

काठमाडौँ । लोकप्रिय लोक दोहोरी गायिका मिना अधिकारीले मौलिक तीज गीत ‘आमा बिनाको तीज’ बजारमा ल्याएकी छन् । गायिका अधिकारीले आफ्नै रियल घटनामा आधारित तीज गीत ‘आमा बिनाको तीज’ बजारमा ल्याएको बताएकी छन् । गायिका अधिकारीका अनुसार गत वर्ष उनकी आमाको निधन भएको थियो।

यो गीत रेकर्डिङ गर्दा आमाको यादले आफूँ स्टुडियोमै भावविह्ल भएको पनि अधिकारीले बताइन् । सर्जक/गायक राजेन्द्र सुवेदीको शब्द/संगीतमा रहेको गीतको म्युजिक भिडियोमा गायिका अधिकारी लगायतलाई फिचर्ड गरिएको छ। यहि तीज गीतको म्युजिक भिडियो निर्देशन गर्दै सर्जक सुवेदीले निर्देशनमा पनि हात हालेका छन् ।

Advertisement

पछिल्लो समय महिलाहरुको महानपर्व तीज नजिकिएसँगै सांगेतिक बजारमा दुइअर्थी शब्द लाग्ने, परिवारसँगै बसेर हेर्न र सुन्नै नसकिने गीतहरु बजारमा आइरहेका बेला गायिका अधिकारीको मार्मिक टिपिकल गीत बजारमा आएको हो।

“रंग रसै छैन आमा राम्रो लाउन्न कुनै चीज, आमा तिमी हुँदाखेरी आउँथ्यो मलाई तीज,
जुन दिन दियौ पराइ घरमा आँशुधारा आँखामा, मलाई सुख थियो आमा तिम्रो काखमा”

जस्ता शब्दलाई टपक्क टिपेर गीतकारले झलझल त्यो पूरानो दिन टिपिकल तीजको भाकामा सम्झाएका छन् ।

More News last news
Loading...