आजपनि बढ्यो सुन चाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

More News last news
Loading...