श्री शाके १९४६ । वि. स. २०८१ साल साउन २२ गते मंगलबार । इश्वी सन २०२४ अगस्त ६ तारिख । श्रावण शुक्ल पक्ष द्धितीया तिथी अश्लेषा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा कर्कट राशिमा पश्चात सिंह राशीमा आनन्दादि योगमा सौम्य योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु गुँला पर्वशूरु ।
मेष : दिन उत्तम फलदायक छ । कार्यसिद्धि, सन्तान–सुख, धन प्राप्ति, लाभ हुने देखिन्छ ।
वृष : अपच, दिनचर्या अस्तव्यस्त, परिवारिक विवाद हुन सक्ने भएकाले सतर्क रहनु बेस ।
मिथुन : दिन बलवान् भएकाले पैसा लाभ, मान–सम्मान, उन्नति हुने देखिन्छ ।
कर्कट : थोरै प्रयासमा पनि धनलाभ, सुख–सन्तोष, उपलब्धिमूलक लगानी हुन सक्छ ।
सिंह : दिन उत्तम छ । धन, उपहार, पुरस्कार प्राप्ति, मीठो भोजन, कार्य सफल हुनेछ ।
कन्या : दिन अनुकूल नभएकाले अस्वस्थता, विवाद, चोटपटकको सम्भावना छ, सजग रहनुस् ।
तुला : विविध वस्तु वा सेवाको प्राप्ति, मीठो भोजन, पैसा प्राप्तिको सम्भावना देखिन्छ ।
वृश्चिक : दिन राम्रो छ । सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, काममा सन्तुष्टि हुने देखिन्छ ।
धनु : दिन बलवान् भएकाले राज्यबाट लाभ, व्यापारमा सफलता, ऐश्वर्य वृद्धि हुने सम्भावना छ ।
मकर : दिन अनुकूल छैन । रोगको सम्भावना, काममा बाधा, धन हानि हुने देखिन्छ ।
कुम्भ : समय उत्तम छ । धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलता होला ।
मीन : दिन अनुकूल छ । पैसा प्राप्ति, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुने देखिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
