काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।
यथावत् रहिरहेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख रुपैयाँबाहेक अब हरेक कारोबारमा समेत क्यासब्याक अफर सार्वजनिक गरिएकाे विज्ञप्तिमा उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
