काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख रहे पनि आकांक्षी धेरै भए पनि समाजवादीले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको हो । खतिवडाले केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि बैठक बसेर छिट्टै पदाधिकारी चयन गर्ने जानकारी दिए।
यसअघि महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
