काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो।
आज चाँदीको भाउ भने पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
