अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकी सहर टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ। नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार गोली हानेर हत्या गरेको हो।

३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए। लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त मोहन कुसारीले जानकारी दिए।

Advertisement

उनमाथि बिहान ५ बजेको समयमा गोली प्रहार भएको बताइएको छ।

More News last news
Loading...