नयाँ दिल्ली । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि मंगलबार नयाँ बजेट पेश गरेकी छिन्। उनले यो वर्षका लागि ३२० खर्ब ७० अर्ब (३ नील २० खर्ब ७० अर्ब) भारतीय रुपैयाँको बजेट घोषणा गरेकी हुन्।
बजेटमा भारतीय अर्थमन्त्री सीतारमणले नेपाललाई ७ अर्ब भारु (११ अर्ब २० करोड नेरु) रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन्। उक्त अनुदान गत फेब्रुअरीमा तोकिएकै बराबर रहेको छ। हाल भारतलाई नेपालमा २० करोड नेरुसम्मको परियोजनामा सहयोग गर्न स्वीकृति चाहिँदैन।
आर्थिक वर्ष २०२३।०२४ मा ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो। आव २०२२।०२३ मा भारतले नेपाललाई ४ अर्ब ३४ करोड भारु अनुदान दिएको हो। भारतले सबैभन्दा वैदेशिक सहायता भुटानलाई छुट्याएको छ। भुटानले आव २०२४।०२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउनेछ।
यसैगरी भारतले सार्क क्षेत्रका अन्य देश मालदिभ्सलाई ४ अर्ब, श्रीलंकालाई २ अर्ब ४५ करोड, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई १ अर्ब २० करोड भारु अनुदान दिने उल्लेख गरेको छ।
यसैगरी भारतले छिमेकी देश म्यान्मालाई २ अर्ब ५० करोड र मंगोलियालाई ५ करोड भारु विनियोजन गरेको छ। यसैगरी भारतले अफ्रिकी मुलुकहरूलाई २ अर्ब भारु अनुदान दिनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
