नबिल बैंकले एकैसाथ प्राप्त गर्‍यो ३ अन्तर्राष्ट्रियसहित ४ प्रतिष्ठित अवार्ड

काठमाडाैं | नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ ।​​ ४०औं वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकले जनाएको छ ।​

बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु,’ ढुंगानाले भने ।​

Advertisement

यी हुन् बैंकले पाएका अवार्डहरू

१. नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३

नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ।

यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२/२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो । बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो।

२. वेस्ट कमर्सियल बैंकिङ ब्रान्ड अवार्ड नेपाल, २०२४

नबिल बैंकले संयुक्त अधिराज्य (यूके)को ग्लोबलब्राण्ड्सम्यागेजिनबाटयस वर्षको वेस्ट कमर्सियल बैंकिङब्राण्डअवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ। ग्लोबलब्राण्ड्सम्यागेजिनठुलो प्रकाशनगृहमध्येकोएक हो ।

यसले हरेक वर्ष बैंकिङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्नेबैंकहरूकालागि अवार्ड आयोजना गर्दै आइरहेको छ । यस सम्मानले बैंकिङ क्षेत्रमा नबिलबैंककोउत्कृष्ट सेवा रदूरदर्शीदृष्टिकोणलाई थप सुदृढ बनाएको छ। अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिसका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

३. नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४

नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) प्राप्त गरेको छ । सामाजिक उतरदायित्व अन्तर्गत देशमा पुर्‍याएको योगदानको कदर स्वरुप यो अवार्ड बैंकले हासिल गरेको हो ।

४. नेपालको वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४

नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा शुरू गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ।

More News last news
Loading...