काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
