कलाकारिता सङ्गै खेलमा पनि अब्बल श्रेयष

अन्डर-१९ फुटबल खेल्न १२ खेलाडी डेनमार्क प्रस्थान

काठमाडौँ । चलचित्र ‘दुई नम्बरी’बाट देश तथा बिदेशका युएई (Dubai), मलेसिया लगायतका बिभिन्न ठाउँहरुमा समेत लगातार उत्कृष्ट बालकलाकारको उपादिहरु पाएका श्रेयष खेलमा पनि उत्तिकै अब्बल छन् ।

पढाई, कलाकारिता र खेलकुद क्षेत्रमा पनि अगाडि बढिरहेका श्रेयष पौडेल क्षेत्री (Under-19 Cup) फुटबल खेल्न डेनमार्कको (Hjorring) जोरिङ्गतर्फ लागेका छन्। अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षकसहित १२ खेलाडी आज (आइतबार) डेनमार्क तर्फ प्रस्थान गरेका हुन् ।

Advertisement

दिवास अगस्तीको प्रशिक्षण तथा व्यवस्थापनमा दाना कप २०२४ मा श्रेयश पौडेल क्षेत्री सहित रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भिक सिंङ, युश दुलाल, आर्जल अधिकारी, समिक गिरी, आभास तामाङ, प्रतीक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ र सुएव शर्मा दुलालले खेल्नेछन् ।

आजका बालक भोलिका कर्णधार, नेपाललाई नेतृत्व गरेर खेल्ने सम्पुर्ण खेलाडी सहितको समुहलाई शुभकामना ।

More News last news
Loading...