काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गर्नुभएको छ । आइतवार प्रतिनिधि सभामा उहाँले प्रश्तुत गर्नुभएको विश्वासको मतको पक्षमा १८८ मत प्राप्त गर्दै दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको हो ।
प्रतिनिधिसभामा तत्काल कायम रहेको २६३ जना सांसदमध्ये प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा १८८ मत प्राप्त भएकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । सो प्रश्तावको विपक्षमा ७४ मत र हुन्न भन्ने पक्षमा १ मत गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई काँग्रेस, एमाले, जसपा, जसपा, नेपाल, लोसपा, जनमत पार्टीलगायतले विश्वासको मत दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक साउन ७ गते सोमबार अपरान्ह १ बजे बोलाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
