प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसकेका छन्। विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उनले कम्तीमा १३८ मत पाउनु पर्छ ।

असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

Advertisement

वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी छ ।

सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन् । यस्तै एमालेका ७८ सदस्य छन् । जसमध्ये सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन्। मताधिकार प्राप्त सङ्ख्या ७७ मात्र छ । सरकारमा सहभागी जसपाका सात र लोसपाका चार सदस्य छन् । दुई ठुला दलका मात्र १६५ सदस्य छन्।

सदनमा प्रतिनिधित्व गर्ने चार दलले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मतदानको निर्णय गरेका छन् । तीन दलको संसद्मा ७४ सदस्य छन् । यसअघि चार वटै दलले निवर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा विश्वासको मत दिएका थिए । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अन्य साना दलहरूले मत कसलाई दिने भन्ने निश्चित छैन ।

More News last news
Loading...