तेस्रो श्री आमा नेशनल अवार्ड २०८१ बाट पत्रकार पौडेल सम्मानित

काठमाडौँ । नयाँ पुस्ता डटकमका प्रधानसम्पादक अमृत पौडेल तेस्रो श्री आमा नेशनल अवार्ड २०८१ बाट सम्मानित भएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित अवार्ड कार्यक्रममा सम्पादक पौडेललाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

पोखरा स्थायी घर भई काठमाडौँलाई कर्मथलो बनाएका पौडेल बिगत १५ वर्षदेखि पत्रकारिता पेसामा सक्रिय छन् । उनले यसअघि माछापुच्छ्रे पोष्ट साप्ताहिक, कमाण्डर पोष्ट दैनिक, आर्थिक दैनिक डिसी नेपाल डटकम, ग्लोबल नेप्लिज डटकम, दैनिक अनलाइन डटकम लगायतका मिडियामा काम गरिसकेका छन् ।

Advertisement

कार्यक्रममा पौडेलसँगै दुइ दर्जन बढि कलाकार, व्यवसायी, शिक्षाविद्हरु तेस्रो आमा नेशनल अवार्डबाट सम्मानित भएका छन्।

पूर्व सभामुख अग्नी सापकोटाको प्रमुख आतिथ्यता तथा समुन्द्र सुवेदी भण्डारीको सभापतित्वमा आयोजित श्री आमा नेशनल अवार्ड २०८१ को संयोजन भने दिवाकर भण्डारी (सापटी काका) ले गरेका हुन् । अवार्ड कार्यक्रममा संयोजक भन्डारीले आफुँले पैसा कमाउने उद्देश्यले भन्दा पनि जुरी मार्फत छनौँट भएका, कलाकारिता क्षेत्रमा काम गरेका र योगदान पुर्याएका व्यत्तिहरुलाई अवार्ड र सम्मान गरेको बताए ।

More News last news
Loading...