५४ अङ्कले बढ्यो शेयर बजार, झन्डै ३५ महिनापछि १२ अर्ब रुपैयाँभन्दा धेरैकाे कारोबार

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । नेप्से २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २८ गते नेप्से दुई हजार तीन सय ६९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Advertisement

समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ ।

आज तीन सय ६ वटा कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैमा कारोबार भएको छ । कारोबार रकम झन्डै ३५ महिनायताकै धेरै हो । यसअघि २०७८ साल भदौ १५ गते १३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो ।

More News last news
Loading...