कुकुरलाई कुटेको निहुँमा छोराले गरे बुवाको हत्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरी चोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधवार बिहान १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबु छोराको झगडा भएको थियो ।

Advertisement

कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको डीएसपी पौडेलले बताए । निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको उनले बताए ।

More News last news
Loading...