३०० दिनमा कीर्तिपूर क्रिकेट रंगशालालाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गर्दै त्यसका लागि ३ सय दिनको समय सीमा तोकिएको छ ।

उक्त रंगशालामा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइटलगायतका आवश्यक संरचनाहरु निर्माण गरिने बताइएको छ ।

Advertisement

‘पहिलो निर्णय क्रिकेट रंगशाला । कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ,’– प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।

More News last news
Loading...