काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा सुभाष जमरकटेल नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैंठकले आगामी १ साउनदेखि लागु हुने गरी अर्याललाई डेपुटी सीईओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन शंकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव रहेको छ। अर्यालले यसअघि तत्कालीन सिभिल बैंक, सनराइज र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ।
त्यस्तै जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन्। उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिएका उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
