अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीका लागि दाबी पेश

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ । शुक्रबार राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।

कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।

Advertisement

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार मात्र नियुक्त गर्ने हुनुभएको छ । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै सपथ गराइने भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आव्हान गर्नुभएको थियो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले शपथ लिएकै दिन अधिकांश मन्त्रीले शपथ लिने बताउनुभएको छ ।

More News last news
Loading...