कविराज खनाल/पोखरा । पोखरा महानगरपालिका वडा नंं ३२, स्थित चैनपुर बाह्विसेमा गएराति अविरल बर्षाका कारण पहिरोमा पुरी ३ जनाको मृत्यु भए सँगै साविक लेखनाथका ३ वटा विद्यालय शुक्रवार शोकमा डुवेका छन् । गए मध्य राति करिव १२ः३० बजे समयमा घर भन्दा पाँचसय मिटर माथिबाट आएको पहिरोले शिव ओझाको घर पुरीएर २ छोरी र १ भदाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
स्थानीय शिव ओझाको टिनले छाएको एक तले घरमा आएको पहिरोले पुरिदा उहाँकी छोरीहरु अनिता ओझा वर्ष १६ कि र बहिनी अनुश्का ओझा वर्ष १३ कि र सालाको छोरा वर्ष ९ का प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको हो । भने उनकी श्रीमती आरती ओझालाई स्थानीयवासी र जनपथ र सशस्त्रबलको टोलीले रातीनै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपाचार भइरहेको छ । भने घरधनी शिवओझा रोजगारको शिलशिलामा भारतमा रहेका छन्।
पोखरा महानगरपालिका वडा नंं ३२, राजाको चौतारामा रहेको श्री ब्रह्मरुपा माध्यमिक विद्यालयमा कम्प्युटर इनिजनियरिङ् धारतर्फ कक्षा १० मा अध्ययनरत छात्रा अनिता ओझा र बहिनी अनुश्का ओझा वर्ष १३ की पोखरा, ३० श्री त्रिभुवन शान्ति मा.वि.मा कक्षा छ मा अध्ययनरत थिइन भने स्व. अनिता ओझाकी मामाको रुपा गाउँपालिका वडा नं. २ शिरकोतान घर भएका वर्ष ९ का प्रतिक सुवेदी पोखरा– ३१, श्री डायमण्ड मोडल सेकेन्डरी स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए भने विद्यालय अन्तिम शुक्रवार विदा परेकाले फुपुदिदीको घरमा एक दिन भनेपनि विदा मनाउन आएका थिए ।
अविरल बर्षाका कारण गएराति पोखराका तीन ठाउँमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । पोखरा १९, पुरुन्चौर तल्लोकोट टारीका एकै घर परिवारका छोरी ज्वाइँ सहित ६ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार गर्ने क्रममा लडेर स्थानीय एक महिलाकोसमेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै, गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङको मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता उहाँको बिहान ७ः०० बजे मात्र शव भेटिएको हो । कास्कीको मादी गाउँपालिका ११ बस्ने हाल शिशुवा बस्नु भएको ८० बर्षकी गुरुङ छोरा सँग बस्नु भएको थियो । उहाँका ५५ वर्षका छोरा ओम बहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनाहरूमा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितको टोली राति देखि खटिनु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
