काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत असार २३ गते सुनको मूल्य हालसम्म महङ्गो भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । बिहीबार दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
