स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरभित्र विपद्का घटना बढेपछि विपद सहायता कक्ष तथा जनशक्ति व्यवस्थापन गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको सहकारी शाखा रहेको कार्यकक्षमा विपद् सहायता कक्ष रहने गरी जनशक्ति सहितको विपद् सहायता कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलमा नगरपालिका सातौ तहका कर्मचारी कपिल गिरी संयोजक रहेका छन् भने नगरपालिकाका कर्मचारीहरु अनिषा सुवेदी, गोविन्द दोरगां, राजेन्द्र अर्याल सदस्य रहेका छन् । यस्तै उक्त कार्यदलमा डोलराज ढकाल सदस्य सचिव रहेका छन् ।
यो कार्यदलले विपद् कक्षमा रही नियमित विपद्का घटना, सूचना तथा तथ्याङ्कको संकलन प्रशोधन तथा सम्प्रेषण गर्ने, हुत्त कार्यदल परिचालन गर्ने, विपद् पूर्वतयारी र विपद् पश्चातका उद्धार तथा राहत परिचालन गर्ने कार्यका लागि आवश्यक राय परामर्श, सुझाव र सिफारिस प्रदान गर्ने कार्य गर्ने नगरपालिकाले जनाएको छ ।
वाढी, पहिरो लगायतका विपद्को चपेटामा परेका नगरबासीहरुको उद्धार तथा राहत परिचालन कार्यलाई थप प्रभावकारी बनाउनका लागि विपद् सहायता कक्षसहित कार्यदल गठन गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
