गगनगौँडाको गगनकालिका सहकारीको रक्तदान ३७ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौँडास्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ स्थापना दिवसमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम शुभारम्भ गरे । उनले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पारे । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उनले यहाँका सहकारीलाई चुस्तदुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

Advertisement

सहकारी संस्थाका अध्यक्ष किसान परियारले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शरणकुमार प्रधानले सञ्चालन, कार्यक्रम संयोजक गीता थापाले स्वागत, सहकारीका सात सिद्धान्त वाचन लेखासमिति सदस्य भीमकुमारी खत्री गरेकी थिइन् ।

सहकारीका पूर्व अध्यक्ष एवं सल्लाहकार मेघराज पौडेल, जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य बिमला थापा बस्नेत, सहकारीका उपाध्यक्ष कमलबहादुर पुनलगायतले कार्यक्रममा बोलेका थिए ।

कार्यक्रममा पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगनगौँडा साकोसका अध्यक्ष वसन्त पौडेल, गगन महिला विकास साकोसका अध्यक्ष पद्मा बास्तोला, नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्र प्राविधिक प्रमुख महेन्द्र केसी, प्राविधिक टोली सदस्य अञ्जु नेपालीलगायत सहभागी थिए ।

More News last news
Loading...