पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
