सरकारले तटबन्ध निर्माणमा वेवास्ता गर्दा वाढीले थप असर गर्‍यो : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य राजु थापाले देशका विभिन्न ठाउँमा अविरल बर्षासँगै आएको वाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा ध्यानाकर्षण गराएका छन्।

आजको प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै बाढी, पहिरोबाट आफ्नो गृह जिल्ला स्याङ्जाका पुतलीबजार, बिरुवा, अर्जुनचौपारी र भीरकोट लगायतका पालिकाहरुमा भौतिक एवं मानवीय क्षति पुर्‍याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

प्रतिनिधि सभा अन्तर्गत स्याङ्जा क्षेत्र नं १ बाट निर्वाचित सांसद थापाले पोखरादेखि बुटबल जोड्ने सिद्वार्थ राजमार्गमा ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्व भएर स्थानीयले सास्ती खेप्नुपरेको भन्दै सडक खुलाउन राज्यले पहल गर्नुपर्ने बताए ।

वाढी, पहिरो र डुबानमा परेकाहरुको उद्दारमा सुरक्षा निकायहरु निरन्तर खटिरहेकोप्रति धन्यवाद दिदैं उद्दारलाई थप प्रभावकारी बनाउनुपर्ने सांसद थापाले बताए । आधिँखोला, ज्याग्दीखोला, दरौं खोला र सुरौदीखोलामा तटबन्ध निर्माण नहुँदा तटीय क्षेत्रमा वाढीले गम्भीर असर गर्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत भएको भन्दै उक्त स्थानहरुमा तटबन्धन निर्माणका लागि सांसद थापाले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, सरकारले पहाडमा एकीकृत बस्तीको कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाउन नसके भविष्यमा अझ धेरै क्षति व्यहोनुपर्नेप्रति सचेत पनि गराए ।

More News last news
Loading...