पोखरा । पोखरा औद्योगिक क्षेत्र स्थित गण्डकी टेक्निकल कलेज कुनै पनि स्थानीय तहले सिफारिस गरेको आधारमा गरिब, जेहन्दार, सिमान्तकृत, अल्पसंख्यक, दतिल तथा जनजातिहरुको लागी सिटिइभिटी अन्तर्गतको १८ महिने भेटनरी जेटिए कोर्स पढाउने भएको छ । ४० कोटा रहेको उक्त कोर्समा शैक्षिकसत्र २०८१/८२ को लागी जब प्लेसमेन्ट सहित भर्ना खुलाएको छ ।
सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर उक्त भेटनरी कोर्षमा छात्रवृत्ति र जबप्लेसमेट सहितको भर्ना खुलाएको अब विद्यार्थी पढाउने मात्रै होइन पढेपछि पनि रोजगारी दिनेगरि भर्ना खुलाएको सस्थाको अध्यक्ष ध्रुब शर्माले जानकारी दिनु भयो ।
पोखराको केन्द्र बिन्दु औद्योगिक क्षेत्र नजिक रहेको उक्त कलेजमा हाल थप ३ बर्से सामान्य चिकित्सा (HA) र ३ बर्से मेडिकल ल्याब टेक्नोलोजी (CMLT) पनि पढाई संचालन भै रहेको छ । साथै यी कोर्स हरुमा पनि शैक्षिकसत्र २०८१/८२ को लागि भर्ना खुलेको छ ।
सस्थाको मेडिकल प्राक्टिस तथा इन्टनसिपको लागि पोखरा पृथ्वी चोकमा रहेको गण्डकी मेडिकल कलेजमा सहकार्य गरिनु, सबैलाई पाएक पर्ने लोकेशनमा कलेज सन्चालन हुनु, विद्यार्थीलाई खुला स्पेस भएको पारिवारिक बाताबरणमा अनुभवी दक्ष प्रशिक्षक बाट प्रशिक्षण गाराइनु, छात्राबासको उचित ब्यबस्थापन गरिनु जस्ता विशेषताहरुले गर्दा सस्थामा विद्यार्थीहरुको रुचि बढ्दै गएको छ ।
सस्थामा नयाँ शैक्षिकसत्र २०८१/८२ को भर्नाको लागि यही असार १५ देखि फारम बितरण भैरहेको र आगामी श्रावण १३ गते सम्म फारम भर्ने समय रहेको साथै आगामी श्रावण १९ गते प्रवेश परिक्षाको मिति तय गरि CTEVT ले सुचना जारी गरिसकेको छ ।
देश तथा बिदेशमा दक्ष प्राबिधिक जनशक्तिको माग उच्च रहेकोले त्यस्लाइ फुलफिल गर्न आफ्नो सस्थाको तर्फबाट कुनै कसर बाकी नराखी गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गराइएको सस्थाको प्राचार्य राम पौडेलले जानकारी गराउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
