कास्की आदर्श समाज कतारद्वारा अक्षयकोष श्रीबृद्धि सहयोग रकम हस्तान्तरण

 

पोखरा l कास्की आदर्श समाज कतारद्वारा श्री सृजना बहिरा आबसिय मा.बि लेखनाथलाइ अक्षयकोष श्रीबृद्धि सहयोगको लागि नेरु १,२५,०००/- रकम हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा कास्की आदर्श समाज कतारका सह-कोषाध्यक्ष श्री बसन्त श्रेष्ठ ज्युको सभापतित्वमा प्रमुख अतिथिको रुपमा पो.म.न पा २६ लेखनाथका का.बा वडा अध्यक्ष श्री तिर्थ बहादुर राजभाट ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम भब्य र सब्य रूपमा सु-सम्पन भएको कार्यक्रम सस्थाको पुर्ब सचिब तथा बर्तमान सल्लाहकार खुशीमान गुरुङले सन्चालन गर्नु भएको थियो।

Advertisement

उक्त कार्यक्रममा प्रमुख अतिथि ज्युले ब्यानरमा हस्ताक्षर गर्नुभइ बिधिबत रुपमा कार्यक्रम उद्घाटन गरिएको थियो। उद्घाटन संगै सबै जनाले आ-आफ्नो ठाउ बाट उठेर हाम्रो देशको राष्टिय गान लाइ उठेर सम्मान सहित सामुहिक रूपमा गाउनु भएको थियो।

तेस पछि कार्यक्रममा उक्त बिद्यालयकै प्र.अ सुनिल कुमार भण्डारी ज्युको तर्फ़ बाट सहभागी सबै जनालाई स्वागत मन्तब्य राख्नु भएको थियो । वहाको स्वागत मन्तव्य सङै प्राप्त छात्रवृद्धि बिधायलकै बिद्यार्थीहरुको को शैक्षिक क्रियाकलापमा प्रयोग गरिने पनि जानकारी गराउनु भयो।

कास्की आदर्श समाज कतारलाई सहयोग प्राप्त गण्डकी प्रदेस समन्वय परिषद कतारको तर्फ़ बाट नेरु ५०,००० (पचास हजार) सस्थाका आजिबन सदस्य तथा व्यवसायि श्री रामचन्द्र सुनार ज्युको तर्फ बाट नेरु ५०,००० (पचास हजार) र समाजसेबी तथा सस्थाका संरक्षक श्री बिमल सुबेदी ज्युको तर्फ़ बाट नेरु २५,००० गरि जम्मा १,२५,००० एकमुष्ठ रुपमा सहयोग कार्यक्रमका सभापति ,प्रमुख अतिथि,बिसेष अतिथिहरु सस्थामा आबद्ध व्यक्तित्व ज्युहरुको परिवारको सयुक्त रोहबरमा सहयोग रकम बिधालय परिवार लाई हस्तान्तरण गरिएको थियो।

शुभकामना मन्तब्य राख्ने क्रममा कास्की आदर्श समाज नेपालका अध्यक्ष बिश्वबन्धु थापा ज्युले आफु पनि यस सस्थामा पुर्ब अध्यक्ष भएको साथै बिगत देखि नै सस्थाले हालसम्म यस्ता मानबिय सहयोगी कृयाकलाप हरुमा सकृय रुपमा अगाडि बढेकोमा खुसि व्यक्त गर्नु भयो।

तेसै गरि बि.ब्य.स का अध्यक्ष प्रकाश लाल श्रेष्ठ ज्युले मन्तब्य राख्ने क्रममा कुनै पनि परिवार सफल हुनको लागि घर परिवारको साथ चाहिने भएकोले यस कार्यक्रममा सबै जना परिवार सहभागी भैदिनु भएकोमा धन्यबाद सहित खुसि व्यक्त गर्नु भयो।

हामीले धन कमाएर मात्र खुसि हुन् सक्दैनौ उक्त धन लाइ गरिब दुखि असायहरु लाइ दिदा वहाहरुको मुहारमा आउने हासो खुसिले बल्ल हामीले गरेको कामको पुण्य मिल्छ खुसि मिल्छ सन्तुष्टि हुन्छ भन्ने जस्ता धेरै उदाहरण दिनु भै आफ्नो मन्तब्य दिनु भएको थियो।

साथै प्रमूख अतिथि तथा पोखरा महानगरपालिका वडा न २६ का कार्यबाहक वडा अध्यक्ष श्री तिर्थ बहादुर राजभाट ज्युले पनि मन्तब्य दिनु हुने क्रममा यस सहयोग हस्तान्तरण कार्यक्रम प्रबासमा रहेर पनि आफ्नो देश प्रतिको माया ममता सहयोग गर्नुहुने सबै सहयोगी दाता ज्युहरु प्रति धन्यबाद व्यक्त गर्नु भयो। फरक क्षमता भएका बिधार्थी हरुलाई सहयोग गर्नु भएकोमा खुसि पनि व्यक्त गर्नु भयो।

यस कार्यक्रमममा सस्थाको विभिन्न पदमा आसिन ब्यक्तिव ज्युहरुको परिवारपनि कार्यक्रममा उपस्थित हुनुभयको थियो जसमा रुकु लम्साल देबकोटा ज्यु, सुनिता पौडेल सुबेदि ज्यु, माया सुनार ज्यु ,कृपा सुनार ज्यु, सम्झना गुरुङ ज्यु, नमिता पौडेल ज्यु , माया भण्डारी ज्यु , भूपू सदस्य सावित्री गिरि ज्यु, गोबिन्द कार्की ज्यु लगायत बिधालयका शिक्षक प्रतिनिधि कृष्ण कुमारी बराल ज्यु, बि.ब्य. स सदस्य रिंकु मगर ज्यु, विभिन्न समाजका अध्यक्ष ज्युहरु , पत्रकार लगायत बिद्यालयका अन्य कर्मचारी ज्युहरुको कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो।

अन्त्यमा सभापति ज्युले यस कार्यक्रमका सहयोगी दाता ज्युहरु, ब्यस्त समयको बाबजुद पनि कार्यक्रम लाइ समय दिनु हुने प्रमुख अतिथि ज्यु, बि ब्य. स का अध्यक्ष ज्यु, प्र.अ ज्यु, स्थान उपलब्ध गराउनु हुने बिद्यालय परिवार अनि सहभागी सम्पूर्ण दाजुभाई दिदि बहिनि हरुलाइ एकमुष्ठ बिसेस धन्यवाद व्यक्त गर्दै कार्यक्रम बिसर्जन गर्नु भएको थियो। धन्यवाद

More News last news
Loading...