संघ सरकारसँग असन्तुष्ट बालेन, प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन्

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित भएका छन्। काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’का पदाधिकारीहरूको छलफलमा मेयर बालेन उपस्थित नभएका हुन्।

आफूलाई असहयोग गरेको भन्दै मेयर बालेन संघीय सरकारसँग असन्तुष्ट छन्। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित छलफलमा मेयर बालेन नजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

Advertisement

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसबमोजिम लगानी बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए।

महानगरले गर्दै आएको फोहोर व्यवस्थापनमा सहयोग गर्नुको साटो अधिकार कटौटीको प्रस्ताव ल्याउने प्रधानमन्त्रीको ब्रिफिङले काठमाडौँ महानगरसँग थप दूरी बढ्ने आँकलन गरिएको छ। हिजो मात्र सत्तारुढ दलका एक सांसदले स्थानीय तहको अधिकार कटौती गर्नुपर्ने धारणा राखेको भोलिपल्ट प्रधानमन्त्रीको यो कदमले थप संसय पैदा गराएको छ।

More News last news
Loading...