गृहमन्त्री लामिछानेद्वारा दलहरूसँग विपद्‍मा खट्ने स्वयंसेवक माग

काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा आज राजनीतिक दलहरूसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको हो । उहाँले मनसुनजन्य विपद्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन्, त्यसैअनुसार मन्त्रालयले योजना बनाउने बताउनुभयो ।

Advertisement

लामिछानेले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन् भन्ने कुरा पनि खुलाउन आग्रह गर्नुभयो । उहाँले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरूले साझा मञ्च बनाउनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

More News last news
Loading...