सरकारले फिर्ता बोलायो भारत र अमेरिकासहित ११ देशका राजदूत

काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले तत्कालीन नेपाली कांग्रेससहितको गठबन्धन सरकारको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै गठबन्धनको शीर्ष तहमा नेपाली कांग्रेसको कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने सहमति बनाएका थिए ।

Advertisement

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसहितलाई फिर्ता बोलाएको हो ।

त्यसैगरी फिर्ताको सूचीमा स्पेन, पोर्चुगल र डेनमार्कका राजदूत पनि परेका छन् ।

More News last news
Loading...