गण्डकी प्रदेशमा चलायमान बन्दै कांग्रेसको भातृ संघ समन्वय विभाग

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश भातृ संघ समन्वय बिभागले नेपाल दलित संघ गण्डकी प्रदेशसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा दलित मुक्तिका लागि नेपाली कांग्रेस स्थापनाकाल देखि नै लागेको र आगामी कार्यदिशा बारेमा पनि थप सशक्त रुपमा लाग्नका लागि छलफल भएको हो ।

नेपाली कांग्रेसको बिधानमा भएका ऐन व्यवस्थालाई कार्यान्वयन गर्दै थप मजबुत बनाउने बिसयमा पार्टीमा पहिलोपटक व्यापक छलफल गरिएको छ । कार्यक्रममा उठेका सवालका बिषयमा आफ्नो मन्तब्य राख्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले अभावसंगै खेलौ, अभावलाई नै प्रयोग गर्दै अभावबाटै उठौ भन्ने बिचार राख्दै बिकासको मुल प्रबाहबाट पछाडि परेका बर्ग समुदायलाई मुल प्रबाहिकरणमा ल्याउन महत्त्वपूर्ण बिषय भएकाले आफुले नितिगत रुपमा निति निर्माण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया जनाए ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेस समितिको उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ, सहमहामन्त्री कोपिला रानाभाट, प्रवक्ता मधु बास्तोला, कांग्रेस नेता कुमबहादुर गुरुङ लगायतले कांग्रेस र दलित आन्दोलनको अन्तरसम्बन्धबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारी, नेपाल दलित संघ प्रदेश कर्यसमिती नेपाल दलित संघ गण्डकी प्रदेश अन्तर्गत ११ वटा जिल्लाका जिल्ला अध्यक्ष, क्षेत्रीय समितिका सभापतीसहित कांग्रेस गण्डकी प्रदेश सदस्यहरु अमृत नेपाली,बिष्णुमाया परियार, चन्द्रकला बिक, मन कुमारी बिक, नेपाल दलित संघ गण्डकी प्रदेस सभापति परसुराम बि पोखरेल, दलित संघका नेताहरू शिव परियार, मधुमाया बिक, कौसिला बिक, ताराबहादुर विश्वकर्मा, केसर बहादुर सुनार, लिल बहादुर रनपाल, दुर्गा बहादुर सुनार, गोबिन्द नेपाली, नरबहादुर विश्वकर्मा, बिजय नेपाली, बुद्धि परियार, आनन्द बिक, रामकृष्ण बिक लगायत २४ जना दलित अभियानका नेताहरु सहभागी थिए ।

कार्यक्रमका सभापति एवं गण्डकी प्रदेश भातृ संघ समन्वय बिभागका प्रमुख युवा नेता अजित क्षेत्रीले बदलिदो राजनीतिक परिवेशषमा यस्ता छलफल तथा अन्तक्रिर्या कार्यक्रम आवश्यक भएको भन्दै आगामी दिनमा समग्र पार्टीलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेल्ने भन्दै बताए । कार्यक्रममा स्वागत मन्तब्ष् प्रभा सुवेदी, बिषय प्रवेश बिनिता बराल गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन गोविन्द शर्माले गरेका थिए।

 

More News last news
Loading...