रतुवा खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

काठमाडौं । इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलामा आएको बाढीले जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको हो ।

Advertisement

बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निरु लिम्बु भने घाइते छिन् । उनको उपचार भइरहेको छ ।

जीप खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

More News last news
Loading...