काठमाडौं । दुई दशकदेखि क्रियाशील पत्रकारिता गर्दै आएका पोखराका पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । संघको (शनिबार) सम्पन्न छैटौं साधारणसभामा पोखराका मेयर धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई पुरस्कृत गरेका हुन् ।
पाल्पा रिब्दीकोट ७, मैनादीका नेपालले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् । संघका पूर्वसहसचिव समेत रहेका नेपाल आदर्श समाज राष्ट्रिय दैनिकमा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।
यसअघि सो पुरस्कार श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेललाई प्रदान गरेको थियो । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको छ ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको समारोहमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, सम्मानित व्यक्तित्व शेरचन, पुरस्कृत नेपाल लगायतले बोलेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
