अर्जुनचौपारीमा गरिब, असाह्य परिवारका घर निर्माण गर्ने अभियान तिव्र

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले गरिव, असाह्य परिवारको घर निर्माण गर्ने अभियानलाई तिव्र बनाएको छ । दलित उत्थान केन्द्रको व्यवस्थापनमा गाउँपालिकाले गत वर्षदेखि पालिकामा रहनुभएका गरिव, असाह्य परिवारको घर, शौचालय, निर्माण गर्ने बिजुली बत्ती जडान गर्ने कार्यलाई अगाडि बढाएको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा दलित उत्थान केन्द्रले घर निर्माणमा सहजीकरण गर्दै आएको हो । अभियान अन्र्तगत यस आर्थिक वर्षमा निर्माण गरेका पाचँ नयाँ घरमध्ये तीन घर परिवारलाई हस्तान्तरण गरिएको हो । यहाँको वडा नं ४ दमैचौताराकी ९२ वर्षीय धनकुमारी दर्जी, वडा नं. ५ आरुचौरका ७५ वर्षीय धनबहादुर विक र वडा नं. ५ मुलाबारीकी फुलमाया दर्जीलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।

Advertisement

आफ्नो घरबास नहुँदा छिमेकी, आफन्तकोमा आश्रय लिएर बस्दै आउनुभएकी दमैचौतारीकी धन कुमारीले रुँदै पालिका भगवान बनेर आएको बताउनुभयो । धन कुमारी जस्तै फुलमाया पनि चुहिने घरमै बस्दै आउनुभएको थियो भने पाँच छोरीका बाबु धन बहादुरले पानी पर्दा नजिकै घरमा बस्नु परेको बताउनुभयो । धन कुमारीको घर एक लाख १८ हजार पाँच सय रुपियाँ विकको घर एक लाख ५० हजार आठ सय रुपियाँमा निर्माण भएको हो ।

त्यस्तै, फुलमायाको घर एक लाख ५० हजार रुपियाँमा निर्माण भएको हो । घर निर्माणमा दलित उत्थान केन्द्रले सोही बराबर श्रमदानमा गरेको केन्द्रका अध्यक्ष दिपक सुनारले बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाबासी सबैलाई सम्मानजनक रुपमा बस्न पाउने अधिकार रहेको भन्दै विपन्न, गरिव परिवारको साथमा सँधै पालिका रहेको बताउनुभयो ।

पालिकाले दलित उत्थान केन्द्रको सहजीकरणमा आसह्य तथा गरिव परिवारको घर निर्माण गरि हस्तान्तरण गर्ने योजना गत वर्षबाट सुरु गरेको भन्दै यो अभियान हरेक वर्ष रहने र पालिकाबासी कोही पनि बेघर र चुहिने घरमा बस्नु पर्ने अवस्था नआउने अध्यक्ष तिवारीले बताउनुभयो ।

यस आर्थिक वर्षमा आठ वटा शौचालय निर्माण गरिएको छ भने थप पाँच गर निर्माण गरी १० पुर्‍याउने बनाएको छ । पालिकाले दलित उत्थान केन्द्रको सहजिकरणमा गत वर्ष पनि आर्थिक अवस्था नाजुक भएका विपन्न परिवारको १० वटा घर, १५ ओटा शौचालय, ३५ घरमा बिजुली जडान गर्ने, न्यानो कपडा वितरण गर्ने, सिलाई मेसिन, आरन पेशाका लागी आवश्यक उपकरण तथा औजारहरु वितरण गरेको थियो ।

More News last news
Loading...