कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमूखमा कांग्रेस नेता किरणराज शर्मा पौडेल मनोनित भएका छन् ।

कांग्रेसका मूख्य सचिव कृष्ण प्रसाद पौडेलले (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै बागलुङका कांग्रेस नेता किरणराज शर्मा पौडेललाइ सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम जनसम्पर्क समन्वय विभाग प्रमूखमा मनोनयन गरिएको जनाएका छन् ।

Advertisement

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

 

More News last news
Loading...