दमौली । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठ अनुसार असार २ गते बिहान १० बजेदेखि गणना सुरु हुने उल्लेख छ।
यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १ महिनाभित्रै गणना गरी प्रतिवेदन पेस गर्न भनेको छ। जेठ २ गते यसको फैसला भएको थियो ।
‘आदेशको प्रतिलिपि साथै राखी दोहोऱ्याइ मतगणना गर्ने कार्य मिति २०८१ असार २ गते बिहान १० बजे सुरु हुने ब्यहोरा जानकारीका लागि निवेदक तथा विपक्षी वैकुण्ठनाथ न्यौपाने तथा जिल्ला निर्वाचन कार्यालय तनहुँलाई दिनू’ फैसलाको पूर्ण पाठमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
