आज घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । आज बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ।

Advertisement

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

More News last news
Loading...