काठमाडौं । गल्याङ नगरपालिकाले स्थानीयलाई मौरी गोला तथा मौरी घार वितरण गरेको छ । गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक वर्ष २०८००८१ को वार्षिक स्वीकृत मौरी पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम को प्रमुख उपस्थितिमा सम्पन्न भएको हो ।
नगरपालिका भित्रका मौरी पालन गर्न ईच्छुक किसानहरुका लागि मौरी सहितको घार १३५ र खाली घार ४० गरि जम्मा १७५ घार मौरी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले बुधबार नगर अस्पतालमा छातीरोग सम्बन्धि नि शुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा सहभागी जम्मा ३७० जना मध्ये ९ जना बिरामीमा क्षयरोग निदान भई उपचारमा ल्याइएको छ ।
यस्तै थप ३१ जना संकाशपद क्षयरोगी बिरामीलाई जिन स्पर्ट परिक्षणका लागि नमुना संकलन गरि पठाईएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
