आज घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ३६ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...