बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिएका छन् । उनले ८ हजार ४०६ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १६५, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ११३ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार २६६ मत पाएका छन् । यसअघि यो स्थानमा एमाले उमेद्वारको निरन्तर अग्रता थियो ।
हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
