कतार जाने तयारीमा थिए कुशियैत, जनकपुरको होटेलमा झुन्डिएको अवस्थामा फेला !

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेका एक पुरुष होटेलमा मृत फेला परेका छन्। कतार जाने तयारीमा रहेका एक पुरुष जनकपुरको एक होटेलमा मृत फेला परेका हुन्।

मृत फेला पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव रहेका छन्। उनी जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा मृत फेला परेका हुन्।

Advertisement

उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। उनी मंगलबार साँझ होटेलमा प्रवेश गरेका थिए।

धनुषा प्रहरीका अनुसार हिरो साँझ ७ बजे होटल छिरेका यादव राति ११ बजे मृत फेला परेका थिए। यादव मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए।

उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेकाे थियाे ‌। उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर फरार भएको बताइएको छ।

More News last news
Loading...