जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि…

टोकियो । जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको एउटा हिप्पोपोटामस पोथी रहेको पुष्टि भएको छ । १२ वर्षको जेन–चान नाम गरेको सो हिप्पोले भाले हिप्पोले गर्ने व्यवहार नगरेपछि शङ्का लागेर त्यसको डीएनए परीक्षण गराइएको थियो।

जेन –चानलाई ५ वर्षको उमेरमा सन् २०१७ मा मेक्सिकोबाट ओसाकामा ल्याइएको थियो । त्यतिबेला भन्सारमा बुझाइएको कागजपत्रमा हिप्पो भाले भएको उल्लेख गरिएको थियो। त्यतिबेला बच्चै भएकोले कागजपत्रमा लेखिएको कुरालाई कसैले पनि प्रश्न गरेनन्।

Advertisement

तर हुर्कर्दै जाँदा हिप्पोमा भाले प्रजनन अंगहरू देखिएनन् । उसले भाले हिप्पोमा देखिने कुनै व्यवहार नदेखाएपछि डीएनए परीक्षण गरिएको बताइएको छ ।

हिप्पोको लिंग फरक परे पनि नाम भने नफेर्ने ओसाका तेनोजी चिडियाघरका उप निर्देशक कियोशी यासुफुकुले भनेका छन् ।

More News last news
Loading...