काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै मूल्य १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
