काठमाडौं । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। ध्वनी मतले पारित गरिएको संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको जानकारी सभामुख अम्बरबहादुर बिष्टले दिनुभएको छ।
संकल्प प्रस्तावको विपक्षमा रहेका सांसदहरू मत गणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ मत देखिएको सभामुख विष्टले जानकारी दिनुभएको हो ।
संकल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुको औचित्य सकिएको भन्दै विशेष अधिवेशन अन्त्य समेत गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
