आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडाैं | नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले बढेको छ ।

बिहीवार प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ मूल्य निर्धारण भएको छ ।

Advertisement

यस्तै तेजाबी सुन बिहीवार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ ।

बिहीवार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।

More News last news
Loading...