बाह्रे ! कति बढेको सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ।

बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन एक लाख ३९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

More News last news
Loading...