राप्रपा फकाउँदै कांग्रेस, पक्राउ परेकालाई छोड्न माग

पोखरा । सत्ता राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साथ लिन नेपाली कांग्रेसले नयाँ बाटो अपनाएको छ ।राप्रपाले काठमाडौँमा आन्दोलन गरिरहेको छ । आन्दोलनका क्रममा मंगलबार प्रहरीले ज्ञानेन्द्र शाहीसहितलाई पक्राउ गरेको थियो ।

कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले उक्त प्रदर्शनमा बल प्रयोग गर्नु दुखद भएको बताएको छ। ‘राप्रपाले आज काठमाडौँमा गरेको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग हुनु दुःखद विषय हो,’ दलका नेता सुरेन्द्रराज पाण्डेले भनेका छन्, ‘प्रदर्शनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Advertisement

पाण्डेले विज्ञप्ति नै जारी गरेर घटनाको निन्दा गरे । ‘घटनाको निन्दा गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तुरुन्त रिहाइको मागसहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।

More News last news
Loading...